बालकृष्ण नेउपाने
यो व्यवस्था असफल भइसक्यो। अब राष्ट्रसंघ, भारत, चीन र अमेरिकाले पनि सोच्नुपर्छ जसले नेपालमा यो व्यवस्था ल्याइदिएका थिए। संसारका उदाहरण हेर्द यस्तो समस्या आएपछि सैनिक अगाडि सरको इतिहास भेटिन्छ। म पनि नेपालमा सैनिक बाहेक अव अर्को विकल्प देख्दिन। नेपाली जनताले अब हेर्न बाँकी भनेको पनि यही सैनिक व्यवस्था हेा। संसारको उदाहरण हेर्दा राज्य व्यवस्था फेल भएपछि त्यहा सेनाको उपस्थ्िित हुने गरेको छ।
Category Uncategorized |
डा.विनिता मुनाफाका लागि तस्करी र कालोधन्दा गर्नेहरुका कारण अपराधनगरका रुपमा नेपाल बदनाम भइरहेको बेलामा बालबालिकाको खरिदबिक्री धन्दाको पोल खुलेको छ। राजधानीमा ५ सय बालगृह र ५० अनाथाश्रम भएको एक रिपोर्ट छ। तर नेपालभरिमा कति बालगृह र अनाथालय छ भन्ने बारेमा गृह मन्त्रालयले एकिन तथ्याङ्क दिन सकेन। गृह स्रोतका अनुसार बालबालिकाको अबैध रुपमा खरिदबिक्री हुन्छ, धर्मपुत्रपुत्री भनेर चल्ने यो धन्दा कमजोर कानुनको फाइदा उठाएर चम्केको छ। यस धन्दामा ठूला प्रशासकदेखि राजनीतिक नेतासम्मको संलग्नता र संरक्षण छ। त्यही कारणले व्यक्तिमाथि कडा कारवाही गर्न नसके पनि ५० जति बालगृहहरु कालोसूचीमा राखिएका छन्। कालोसूचीमा पर्नेले बालगृहको नाम फेरेर अर्को दर्ता गर्छ र बालबालिका खरिदबिक्रीको धन्दा फेरि चालु गर्छ। डलर दिएर बालबालिकालाई धर्मपुत्रपुत्रीका रुपमा किन्नेहरुले बोलकबोल, बढाबढका आधारमा खरिद गर्ने गरेको जानकारी पनि गृहस्रोतले दिएका छन्। (more…)
Category Uncategorized |
आइतवार खुसुक्क नेपाल आएका भारत, नागालैन्डका गृहमन्त्री इमकोन एल इमचेन असार १६ गते एयरपोर्ट सुरक्षाकर्मीले ९ लाख बराबरका हजार र पाँसय दरका नोटसहित पक्राउ गरेपछि नेपाल र भारतवीच ६ घण्टा फोन व्यस्त रह्यो। भारतका प्रधानमन्त्री र गृहमन्त्रीसम्मको फोन आएपछि तीन गुणा जरिबाना र ५ वर्ष कैद हुनसक्ने अपराधबाट नागालैन्डका गृहमन्त्री बचेका छन् र चारबजे जेट एयर चढेर दिल्ली जान सफल भए। (more…)
Category Uncategorized |
\u000aअसार २३ गते पूर्वराजाको जन्मदिनका दिनसम्म पनि राजनीतिक दलहरुले सहमति गर्न सकेनन् भने बहुमतीय प्रणालीमा संसदीय प्रक्रिया अघि बढ्ने छ। त्यतिबेला राजनीतिक दलहरुको झगडाका कारण कुनै दलले पनि बहुमत जुटाउन नसके राजीनामा दिइसकेर कामचलाउ बनेका प्रधानमन्त्री माधवकुमार नेपाललाई नै ताजा बहुमत देखाउने अवसर प्राप्त हुने सम्भाबनाको खेल सुरु भएको छ। त्यसो हुन गयो भने माधवकुमार नेपालको सरकारलाई कठपुतली भनेर आरोपित गर्ने र राजीनामा माग्ने दल एनेकपा माओवादी फेरि एकपटक तीन बल्ड्याङ् खान पुग्नेछ। राजनीतिक चर्चा छ, माधव नेपालले राजीनामा दिएका हुन्, बहुमत गुमाएका छैनन्।
Category Uncategorized |